जब बच्चाको मन भुलाउन आमाले ढुङ्गा पकाइन्…

काठमाण्डौ : मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घ’टना घटेकाे छ । को;रोना भा’इरस (को’भिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधि रहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नु परेको छ ।

आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना नि’रक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर को;रोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ । पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् ।

केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् । उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुने पछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यस बारेमा बताएकी छिन् । पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् ।

केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन्। उनले भनिन् ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’ केन्या मा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्