आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु’ उनले सन्देशमा भनेका छन्, ‘एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर पसेका, तर शहरले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौँ नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन् । युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् ।’

प्रधानमन्त्री ओलीले को;रोना महामारीले श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको बताएका छन् । उनले श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको सन्देशमा उल्लेख गरका छन् । प्रधानमन्त्री ओलीले को;रोनाले सिर्जना गरेको पी’डाप्रति आफू जानकार तथा संवे’दनशील रहेको बताएका छन् । उनले यो कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्