न राहतको आश न को’रोनाको त्रास

डोटी, बैशाख १९ गते । डडेल्धुरा जिल्लाको स्याउले बजार देखि डोटीको सिलगढी सम्म पुग्ने क्रममा ६५ किलोमिटरको दुरीमा राजमार्ग छेउछाउमा २० भन्दा बढी स्थानमा सयौं महिलाहरु गिट्टी कुटिरहेका देख्न सकिन्छ । देशमा भएको लक डाउनका कारण एक महिना जती काम छोड्नु परे पनि पछिल्लो समयमा सरकारी स्तरबाट नै सुरक्षित तरिकाले निर्माणका कामहरु अगाडि बढाउने निर्णय गरे सँगै गिट्टी कुटेर आर्थिक उपार्जन गर्ने महिलाहरु बिस्तारै काममा फर्किरहेका छन् ।

डोटीको पुर्वीचौकी गाउँपालिका –१ अन्तरगत फुलौटीगाड खोलामा गिट्टी कुट्दै गरेकी हेमा भण्डारीले भन्नुभयो,– ‘दैनिक हात मुख जोर्नलाई सजिलो पनि हुने, काम गरिरहेको बानी त्यत्तिकै घरमा बस्न नसकिने भयो, ठेकेदारले रोडको काम शुरु गर्ने भन्ने सुने पछि हामि त काममा फर्कियौं । कोरोना कोरोना भनेर घर भित्रै बस्न पनि सकिएन ।’ गोरखापत्र दैनिकमा डिलबहादुर सिंहले लेख्नु भएको छ ।

फुलौटीगाड खोलामा स्थानीय महिलाहरुले जम्मा गरेका गिट्टी सोही स्थानमा भइरहेको सडक मर्मत कार्यमा प्रयोग हुदै आएका छन् । अहिले सबै तिर को;रोना भाइरस सँक्रमणको त्रास छ । एक ठाउँबाट अर्को ठाउँको आवत जावत रोएिको छ । सरकारी स्तरबाट गरिएको लकडाउनका कारण देश ठप्प छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु सबै भन्दा बढी मारमा परेका छन् ।

बिभिन्न स्थानीय तहहरुले दैनिक ज्यालादारीमा काम गर्ने लगायतका बिपन्न बर्गका लागि भनेर राहत बितरण गरि रहेका छन् । दैनिक रुपमा गिट्टी कुटेर हात मुख जोर्ने महिलाहरुलाइ भने सिमित राहत भन्दा पनि भयर हित बाताबरणमा काम गर्ने अवसर चाहिएको छ । को;रोना भाइरस लाग्ने डरले घरमै गुम्सिएर बस्नु भन्दा कोरोनाबाट बच्ने कुरा सिकाएर दैनिक रुपमा काम गर्न दिनु पर्ने भनाइ डोटीकै दिपायल सिलगढी नगरपालिकास्थित गोदरेगाड खोलामा गिट्टी कुटिरहेकी शारदा नेपालीको रहेको छ ।

नेपालीले भन्नुभयो,–‘दिनभरी लाइन लागेर दश पन्ध्र किलो चामलको लागि लुछाचुडी गर्नु भन्दा निर्धक्क साथ काम गर्ने अवस्था हुनु पर्यो । हामी आफै मेहनत गरेर खान्छौ ।’ राहत प्राप्त गर्नेहरुमा कार्य कर्ता र आफन्त बढी भएको भन्दै जिल्लाका बिभिन्न स्थानीय तहहरुमा बि’वादका घटना बाहिर आएका छन् । बिभिन्न स्थानीय तहहरुमा राहत बितरण गर्ने कार्यमा हुने गरेको बि’बादका कारण पनि पहुँच नभएका र अति बिपन्न भनिएका बर्गहरुमा राहत प्रतिको भरोसा पनि कम हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्