१४ दिनअघि चोरबाटो हुँदै भारतबाट आएका थिए रुपन्देहीका संक्रमित

काठमाडौं : प्रदेश ५ मा पहिलो पटक शुक्रवार को;रोना भाइरस (को’भिड– १९) का २ जना बिरामी भेटिएका छन्। बाँकेका ६० वर्षीय र रूपन्देहीका २५ वर्षिय पुरुषमा कोभिड १९ पुष्टि भएको हो। रुपन्देहीको कोटहीमाई गाउँपालिकाका ती २५ वर्षे युवा यही वैशाख ५ गते भारतको दिल्लीबाट लुकिछिपी घर आएका थिए ।

नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा वैशाख ५ गते गाउँ आएका उनलाई सोही दिननै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। को;रोना सं’क्रमण फैलिन नदिन नेपाल-भारत दुवैतर्फ लक डाउन गरि एको थियो। तर उनी अरूहरूको आँखा छल्दै खेतको बाटो भएर गाउँ पसेका थिए। मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई भारतसँग सीमा जोडिएको गाउँपालिका हो।

कोटहीमाई गाउँपालिकामा सञ्चालित क्वारेन्टाइनको व्यवस्थापन हेर्दै आएका गाउँपालिकाका इन्जिनियर नुरुल हुसेन खानले भारतबाट आएको थाहा पाएपछि उनलाई वैशाख ५ गते नै क्वारेन्टाइनमा राखिएको जानकारी दिए। बाहिरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइन मा राखी उनीहरूको स्वाब परीक्षण गर्ने क्रममा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्