वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने स्वास्थ्य मन्त्रीको संकेत

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लक डाउन खुकुलो हुने संकेत गर्नुभएको हो ।

सबै क्षेत्रबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उहाँले बताउनु भयो । कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो ।

कारोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म पुर्याउन पनि लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनु भयो । ‘लक डाउन विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनुपर्छ ।

को;रोना को;रोना भनेकै कारण दी’र्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवादिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइ रहेको छ ।’ मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको आरडीटी जारी रहेको पनि बताउनुभएको छ ।

सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पुर्याउने नीति अवलम्बन गरेको उहाँले बताउनुभयो। बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्याइएको र आरडीटी परीक्षण जारी रहेको उहाँले बताउनुभयो । मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्