मलेसियामा ७० प्रतिशत को’रोना सङ्क्रमित निको भए, नआत्तिन राजदूत पाण्डेको आग्रह

काठमाण्डौ : मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा कार्यरत श्रमिकलाई नआत्तिन आग्रह गर्नुभएको छ । मलेसियामा को;रोना सङ्क्रमित मध्ये झण्डै ७० प्रतिशत भन्दा धेरै निको भइसकेको र अहिलेसम्म सङ्क्रमित नेपालीको सङ्ख्या पनि तीन जना मात्रै भएकाले को;रोनाकै नआत्तिन र सुरक्षित भएर बस्न उहाँले आग्रह गर्नुभएको हो ।

को;रोना सङ्क्रमित तीन नेपालीमध्ये दुई जना पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको अवस्था पनि सामान्य छ । ‘सङ्क्रमण भइहाल्यो भने पनि मलेसियन सरकारले नै उपचार गर्छ, को;रोना सङ्क्रमित गैर कानुनी भए पनि उप चार गर्न छाडेर पक्राउ गर्ने भन्ने हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो, ‘नेपाली श्रमिकले सुरक्षा सतर्कता अपनाए डराउनु पर्दैन ।’

मलेसियामा अहिलेसम्म ६ हजार ७१ जनामा कोरारोना सङ्क्रमण देखिएको छ । यसमध्ये ४२ सय १० जना उपचार पछि निको भएका छन् भने १७ सय ५८ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा को;रोना सङ्क्रमणका कारण १०३ जनाको ज्यान गएको छ । मलोसियाले को;रोना सङ्क्रमण रोकथामका लागि मे १२ सम्म लकडाउन गरेको छ । मे ४ देखि लकडाउन केही खुकुलो बनाउने मलेसियाको योजना रहेको राजदूत पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्