प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपीशर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको छ । अपरान्ह ४ बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक साँझ ५ बजेलाई सारिए पछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो । प्रधानमन्त्री ओली एकाएक शीतल निवास पुग्नु भएपछि बिभिन्न अनुमानहरु गरिन थालिएको छ ।

उहाँको भेटघाट बजेट अधिवेशन आव्हान गर्ने विषयमा हुन सक्ने अनुमान पनि गरिएको छ । यस अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेता बामदेव गौतम संग प्रधानमन्त्री निवास वालुवटारमा छुट्टै छलफल गर्नु भएको बताइएको छ । अध्यक्ष ओलीले सचिवा लय बैठक सारेर उपाध्यक्ष वामदेब गौतमसँग छलफल गर्नु भएको हो । यस अगाडिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले को;रोना उन्मुलन भएपछि आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सार्नु भएको थियो ।

यसका साथै, प्रधानमन्त्री ओलीले पार्टी्भित्रै विभिन्न वि’वादहरु बढ्दै गएपछि पार्टीको तेस्रो अध्यक्षमा माधव कुमार नेपालको नाम पनि प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको उक्त प्रस्तावमा वरिष्ठ नेता नेपालले अस्वीकार गर्नु भएको थियो, भने गौतमले पार्टी कमिटीबाट औपचारिक निर्णय हुनुपर्ने माग गर्नुभएको थियो । फाईल तस्बि

प्रतिक्रिया दिनुहोस्