अनुसन्धानमा डुबेका चिकित्सक

काठमाडौं : डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ हुन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा सेवारत उनी अध्ययन–अनुसन्धानमा सूक्ष्म रुपमा चिन्तन गर्ने चिकि त्सक मानिन्छन् । टेकु अस्पतालमा पुगेका बिरामीको सेवा गर्नु तथा अध्ययन–अनुसन्धान गर्नु उनको दैनिकी हो ।

सामान्य जीवनशैली अपनाउन रुचाउने ४४ वर्षीय डा. पुन भद्र तथा नम्र स्वभावका छन् । अस्पतालमा पुगेका बिरामीसँग समस्याको बारेमा जानकारी लिएपछि नम्र स्वभावमा बिरामीको मनै हलुंगो हुनेगरी परामर्श दिन्छन्, उनी। जसले बिरामीलाई आफ्नो समस्या र समाधानको उपायका बारेमा अन्योलता हट्न सहयोग मिल्छ । नेपालमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरका वैज्ञानिकहरुको मञ्चसमेत अब्बल अनुसन्धाता–चिकित्सकका रुपमा परिचित डा. पुन रोगको बारेमा सूक्ष्म ढंगले अध्ययन– अनुसन्धान गर्ने एक कुशल चिकित्सक हुन् ।

डा. पुन पैसा र पदलाई त्यागेर नेपालमा फर्किएको सुनाउँछन्। उनलाई यो पनि थाहा थियो कि–‘जहाँ चुनौती छ, त्यहाँ अवसर आउँछ ।’ नेपालमा सरुवा रोगका विशेषज्ञको अभावमा कयौं बिरामीले अकालमा ज्यान गुमाउनु परेको थियो । जुन अवस्था डा. पुनले जापानमा अध्ययन गर्न जानु अगाडि नै देखेका थिए । त्यसैले उनले आफू नेपाल फर्किएर सेवा गर्नु नै सर्वोत्तम हित ठाने । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्