‘तेस्रो अध्यक्ष’को प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

काठमाडौं । आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्मा आलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्मा आलोचना गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

उनले विधि,पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए। उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ ।

शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नु पर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्