जब सिमेन्ट ‘मिक्सर’ भित्रबाट १८ मजदुर निस्किए…

काठमाण्डाै : काे;राेना भाइरस (काे’भिड १९) काे कारण लकडाउन घाेषणा गरिएपछि भारतकाे विभिन्न ठाउँमा मजदुरहरु अलपत्र परेका छन् । भारत सरकारले गएकाे अप्रिल २९ गते मजदुरलाई ठूलाे राहत दिएकाे थियाे, मजदुर, छात्र र पर्यटकहरु आफ्नाे घर जान सक्ने बताएकाे थियाे । यद्यपि विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरु आफ्नाे ज्यान जाे’खिममा पारेर एक ठाउँदेखि अर्काे ठाउँ जाने काेसिस गरिरहेका छन् ।

यस्तै घटना मध्य प्रदेशकाे इन्दाैरमा भेटिएकाे छ, जहाँ एक सिमेन्ट मिक्सरमा १८ जना मजदुर लुकेर महाराष्ट्र देखि लखनउ गइरहेका थिए । प्रहरीले जाँच गर्ने क्रममा ती मजदुरहरुलाई उज्जैन राेडकाे पन्थ पिपलाई गाउँ नजिकबाट नि’यन्त्रणमा लियाे । मिक्सरबाट एक एक जना गर्दै मजदुर बाहिर आएपछि प्रहरी पनि हैरान भएकाे थियाे ।

ट्रककाे सिमेन्ट मिक्सरका चालक यी मजदुरलाई महाराष्ट्रदेखि इन्दाैरसम्म लिएर आइपुगे चेक प्वाइन्टमा ट्रक राेकिएपछि ड्राइभर हडबडाए । त्यसपछि जाँच गर्दा मिक्सरभित्र मानिस देखियाे र बाहिर निकालियाे । त्यसपछि प्रहरीले मिक्सर नियन्त्रणमा लियाे । मिक्सर भित्र रहेका मजदुरहरुलाई एक बगैँचामा राेकिएकाे छ ।

डीएसपी ट्राफिक उमाकान्त चाैधरीले भने, ‘शनिबार बिहान इन्दाैर–उज्जैन सीमाकाे पन्त पिपलाई चेक पाेस्टमा प्रहरीले एउटा मिक्सर गइरहेकाे थियाे । त्यही समय सुबेदार अमित यादवले सबै निर्माणकाे काम बन्द भएकाे बेला मिक्सन कता गइरहेकाे छ भनेर राेके । त्यसपछि मिक्सरका ड्राइभरले लखनउ जान लागेकाे बताए । फेरि ती प्रहरी अधिकारी मिक्सरकाे नजिक पुग्दा त्यहाँ आवाज आइरहेकाे सुने र ढक्कन खाेल्दा मिक्सरभित्र मजदुर भेटिए ।’

महाराष्ट्रबाट आइरहेका मजदुर लकडाउनका कारण घर जान नपाउँदा सास्ती बेहाेरिरहेका थिए । केही काम पनि नभएकाे हुँदा गुजारा गर्न पनि कठिन भइरहेकाे थियाे । मिक्सर चालकमाथि सांवेर चाैकीमा उजुरी दर्ता गरिएकाे छ। साथै प्रशासनले ती मजदुरहरुलाई एउटा बसमा लखनउ पठाउने तयारी गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्