बेलायती प्रधानमन्त्रीले छोरालाई दिए आफ्नो ज्यान बचाउने डाक्टरको नाम

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्डसले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका छन् । आफ्नो हजुरबुवा र जोनसन को;रोना भा’इरसको संक्रमण पछि अस्पताल रहँदा आफ्नो उपचार गर्ने दुई डाक्टरको नाम आफ्नो छोरालाई दिएको साइमन्डसले शनिबार इन्सटाग्राम मार्फत जानकारी दिएकी हुन् ।

उनले इन्सटाग्राममा छोरा सहितको तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन् । उनले गत बुधबार विल्फ्रेडला ई जन्म दिएकी थिइन् । उनले आफ्नो प्रसूति गराउने युनिभर्सिटी कलेज लण्डन अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् । को;रोना भाइरसको उपचारपछि जोनसन आइसीयूबाट डिस्चार्ज भएको केही दिनमा नै साइमन्डसले विल्फ्रेडलाई जन्म दिएकी थिइन् ।

छोराको नाममा ‘विल्फ्रेड’ प्रम जोन्सनको हजुरबुवाको नामबाट, ‘लरी’ आफ्नो हजुरबुवाको नामबाट र ‘निकोलास’ प्रम जोन्सनको ज्यान बचाउने डा.निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन्। आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्