जब श’व लिएर जाँदा परिवारकै सदस्य खुशी भए, गाउँलेले ताली बजाए

एजेन्सी : लकडाउन, मर्नका लागि पनि अनुपयुक्त समय । को;रोना भा’इरसका कारण कुनै व्यक्तिको मृ’त्यु घरभन्दा टाढा भयो भने अन्तिम सं’स्कार गर्नका लागि पनि जटिल बनेको छ । लक डाउनका कारण श;व एक ठाउँबाट अर्को ठाउँमा लिएर जान हाेइन, मृ’त्यु भएकै स्थानमा अन्तिम सं’स्कार गर्न पनि कठिन छ ।

यस्तो समयमा भारतमा एक युवाको हृदया घा’तका कारण मृ’त्यु भयो । उनको मृत्यु घरभन्दा ३ हजार ३ सय किलोमिटर टाडा भएको थियो । यस्तो अवस्थामा उनको अन्तिम सं’स्कार नहुने लगभग निश्चित थियो। को;रोना भाइ’रसको संक्र’मणका कारण अहिले श’व एम्बुलेन्समा राखेर लामो यात्रा गर्न सकिने अवस्था समेत थिएन । तर, २ जना एम्बुलेन्स चालकले ती युवाको श’व जो’खिम मोलेर ३३ सय किलोमिटर टाढा घर लगिदिएपछि अन्तिम सं’स्कार गर्न पाएका छन् ।

नायकजस्तो स्वागत

एम्बुलेन्स चालक जयेन्द्रन पेरुमलले भने, ‘जब राज्यको राजधानी आइजल पुग्यौँ, त्यहाँ हाम्रो स्वागतका लागि बाटोको दुवैतर्फ उभिएर मानिसहरूले ताली बजाइ रहेका थिए। यस्तो दुःखद अवस्थामा यसो गरेका देख्दा हामी खुशी भयौँ र सम्मान गरेको महसुस भयो ।’ ४० वर्षका पेरुमल अर्का चालक चिन्नाथान्बी सेल्लअइयासँग शब लिएर तमिलनाडुबाट उत्तरपूर्वी राज्य मिजोरम पुगेका थिए ।

लकडाउनको समयमा उनले लगभग पूरै भारतको यात्रा गरे । थोरैथोरै समय ब्रेक लिएर उनीहरूलाई तमिलनाडुबाट मिजोरम पुग्न करिब साढे ३ दिन लाग्यो । उनीहरू आइजल पुग्दा स्वागतका लागि उभिएकाहरूले एउटा प्लेकार्ड बोकेका थिए। जसमा ‘गड ब्लेस यू’ एम्बुलेन्स चालकको मातृभाषा तमिलमा लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्