आजको राशिफल : वि.सं.२०७७ साल वैसाख २१ गते । आइतबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल वैसाख २१ गते । आइतबार । ईश्वी सन् २०२० मे ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– एकादशी, ५३ घडी ०२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०२ पला । स्मार्तहरूको मोहिनी एकादशी व्रत। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।

मेष : अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाइको इमान्दारिताको कदर सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बु’द्धिमता पुर्वक निराकरण गर्न सकिनेछ। प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

बृष : घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग म’नमुटाव हुने तथा आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाज सेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ ।

मिथुन : सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने छ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरुसँगको स’म्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पतित पत्निबित एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह : समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या : सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ। स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जाने छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

तुला : आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्ने छ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्ने छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु : धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर लैजानु होला । काम वा अध्ययनको शिलशिलामा विदे शी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर : कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाढिन सक्छन् ।

कुम्भ : अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ। दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिने छ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् ।

मीन : वि’वाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्