गाउँपालिका अध्यक्षले घरमै पु-याइदिए सहयोग

सिन्धुपाल्चोक । मिगौला रोगबाट लामो समयदेखि उपचार गराइरहेका विरामीलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले व्यक्तिगत रुपमा घरमै पुगेर सहयोग हस्तान्तरण गरेका छन् । सुनकोशी गाउँ पालिका–६ थुम्पा खरका मानबहादुर सुनार लामो समयदेखि मिगौला सम्बन्धी रोगका कारण विरामी थिए ।

ज्याला मजदुरी गरेर श्रीमानको उपचार गराउँदै आएकी श्रीमति पनि को’रोना भाइरसका कारण लक डाउन भएपछि मजदुरी गर्न जान पाएकी थिइनन्। लक डाउन भएपछि आर्थिक अभावमा औषधी किन्ने पैसा समेत नभएपछि समस्यामा परेका सुनारलाई उनी बस्ने घरमै गएर गाउँपालिका अध्यक्ष जिसी र वडा अध्यक्ष रामकुमार थापाले नगद र खाद्यन सहयोग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जिसी र वडा अध्यक्ष थापाले औषधी खरिदका लागि तत्कालका लागि नगद १५ हजार,चामल,दाल,तेल लगायतका अन्य सामग्री उनी बसोबास गरिरहेको भक्तपुर दुधपाटीमा पुगेर सुनारलाई हस्तान्तरण गरेका थिए । मि’गौला रोगी सुनारले आफु समस्यामा परेको सञ्चारमाध्यममा जानकारी गराएपछि आफुले थाहा पाएको र घरमै पुगेर वडा अध्यक्षको समन्वयमा सहयोग गरेको गाउँपालिका अध्यक्ष जिसीले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्