उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

काठमाडौं: छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाट स्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ। उदयपुरमा को;रोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो ।

रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै को;रोना भाइरसको सङ्क्रमण समेत भित्रिने ख’तरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तार जालीको छेका बार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । ‘दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पु घाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ’ उनले भने, ‘दिउँसो आउँदा प्रहरीले रो’क्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।’

फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेव सहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरे पछि मात्र स्थानीय बासिन्दा लाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ । उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन् ।

‘उदयपुरसँग हाम्रो गाउँ पालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्ध समेत जोडिएको छ’ उनले भनिन्, ‘विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने स’ङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।’ गाउँ पालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसाय समेत रहेको छ । उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्