जम्मू-कश्मीर मु’ठभेड : कर्णेल सहित ५ जनाको मृ’त्यु

काठमाडौं : भारत प्रशासित ज’म्मू-कश्मीर क्षेत्रको कुपवाडामा चरमपन्थी र भारतीय सुरक्षाकर्मी बीच भि’डन्त हुँदा ५ जनाको मृ’त्यु भएको छ। बिबिसी हिन्दीका अनुसार शनिबार दिउँसो कुपवाडा जिल्लाको हन्दवाडा क्षेत्रमा भएको मु’ठभेड मा भारतीय सेनाका एक कर्णेल, एक मेजर र ३ प्रहरी गरी ५ जनाको मृ’त्यु भएको हाे।

मुठभेडमा चरम पन्थी पनि मा’रिएको बताइएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सको अनलाईन संस्करणले जनाए अनुसार भीडन्तमा परी एक जना कर्णेल, एक मेजरसहित लेस नायक, राईफलम्यान र पुलिस सब ईन्स्पेक्टर गरी पाँचजना सुरक्षाकर्मीको ज्या’न गएको हो ।

भीडन्तमा कर्णेल आशुतोष शर्मा,मेजर अनुज तथा अन्य दुई सैनिकको मृ’त्यु भएको हो। त्यस्तै एक प्रहरी सवइन्स्पेक्टर साकिन ओजीको ज्या’न गएको हो। आ’तंक’कारीहरूको उपस्थितिको सूचना पाएपछि सेना र प्रहरीले त्यहाँ संयुक्त अभियान सुरु गरेपछि शनि बार दिउँसो उक्त मुठभेड सुरु भएको हो । शनिबार साँझ मु’ठभेड भएको हो।

प्रतिक्रिया दिनुहोस्