तीन दशक अघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड

एजेन्सी : लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरि एको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले बढेको पाइएको छ।

सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल दुरदर्शनमा प्रशारण भएको ‘रामायण ‘ टेलिश्रृंखलाले विश्व कीर्तिमान कायम गरेको छ। तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो । रामायणले ‘गेम अफ थ्रोन्स’, ‘बिग ब्याङ थ्योरी’ लगायतका रेकर्ड पनि तोडेको छ। टाइम्स अफ इण्डियाका अनुसार सो दिनसम्म उक्त कार्यक्रम ७ करोड ७० लाखले हेरेका थिए।

भारतमा लकडाउनपछि पुनः प्रसारित ‘रामायण’ लाई दुरदर्शन नेशनलले गत अप्रिल १६ मा सबभन्दा धेरै हेरिएको कार्यक्रमका रूपमा घोषणा गरेको थियो। निर्देशक रामानन्द सागरले बनाएको रामायणले कीर्तिमान रचेको यो पहिलो पटक भने होइन। यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्