लकडाउनको मोडालिटी बदल्ने प्रधानमन्त्रीको प्रस्ताव, यस्तो छ रणनीति !

काठमाडौँ, वैशाख २१ : जिल्लाहरुमा देखिएको जोखिमका आधारमा सरकारले वैशाख २५ गतेपछि लक डाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ । आइतबार बसेको मन्त्रि परिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउने बारे छलफल चलिरहेकव एक मन्त्रीले जानकारी दिए । मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सरकारले यो मोडालिटी तयार पारेको र यसलाई निर्णय गर्न भने बाँकी रहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्च जो’खिमलाई पूर्णतया लकडाउन गर्ने र सामान्य र न्यून जोखिमयुक्त जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्ने प्रस्तावका आधारमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र नेपालीहरुको अवस्था ग’म्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताए । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्