सीमामा खटिएका प्रहरी माथि भारतीयको आ’क्रमण, एक जवान घा’इते

झापा, २१ वैशाख । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी माथि भारतीय नागरिकले आ’क्रमण गरेका छन् । आ’क्रमणबाट नेपाल प्रहरीका एक जवान सामान्य घा’इते भएका छन् । बोर्डर सिल भएको अवस्थामा आइतबार बिहान कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीय र सीमामा खटिएका नेपाल प्रहरीबीच वि’वाद भएको थियो ।

नेपाल तर्फ खेती गर्न जान पाउनु पर्ने भन्दै ज’बरज’स्ती गरेपछि प्रहरीले उनीहरुलाई ल’खटेको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट सीमामा ख’टिएका एक प्रहरी अधिकृतका अनुसार बिहान ५ बजे भारतीयहरू नेपाल प्रवेश गरेका थिए । १२० पिल्लर छेउमा खटिएका चार जना प्रहरीले उनीहरूलाई ल’खेट्न पुगे । सीमामा खटिएका एक प्रहरीका अनुसार प्रहरीको चार जना मात्र टोली थियो ।

थोरै टोली देखेर भारतीयले प्रहरीलाई झम्टिएका थिए । ‘नजिकै रहेको क्याम्पमा रहेका प्रहरी पनि आएपछि उनीहरु भागेका थिए’ ती प्रहरीले भने, ‘भाग्दा हँ’सिया पनि फाले, एक जना प्रहरीको हातमा सामान्य चो’ट लागेको छ ।’ जिल्ला प्रहरी कार्यालय झापा का प्रवक्ता प्रहरी नायव निरीक्षक महेन्द्रकुमार श्रेष्ठले खेती गर्न भारतबाट आउने भारतीयका कारण सीमामा स’मस्या उत्पन्न भएको छ । प्रहरीले भारततर्फ सीमामा बस्ने एसएसबीसँग सहकार्य गरेर उनीहरूलाई भारत फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्