थप १० जनामा को’रोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो !

काठमाडौं, वैशाख २१ गते । वीरगञ्ज एक र नेपालगञ्जमा नाैसहित कुल १० जनामा को;रोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा को;रोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्र कार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनु भएको हो ।

नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्र मण पुष्टि भएको हो । नेपालगञ्जमा संक्रमित ९ जना मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

१९ वैशाखमा बाँकेका एक पुरुषमा को;रोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोग शालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगे टिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्