थप ६ जनामा को’रोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, २१ वैशाख। नेपालगञ्जमा थप ६ जनामा को;रोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल स्राेतका अनुसार थप ६ जनामा को;रोना संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा को;रोना संक्रमण देखिएको पुस्टि गरेको छ । थप संक्रमितको बारेमा मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा को;रोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा को;रोना सं’क्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो ।

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा को;रोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ । संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्