ट्रकले मोटरसाइकललाई ठ’क्कर दिदा १ को ज्या’न गयो

चितवन, वैशाख २१ : पूर्वीचितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा ट्रकको ठक्करबाट मोटर साइकल चालकको मृ’त्यु भएको गएको छ । चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले बाटो काट्न लागेको मोटरसाइकललाई आइतबार बेलुका ठ’क्कर दिएको थियो ।

पूर्वी चितवनको खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटर साइकललाई ठक्कर दिदा खैरहनी ८ निवासी ६३ वर्षीय कुलानन्द भण्डारीको ज्या’न गएको हो। ट्रकको ठ]क्करबाट ग]म्भीर घा]इते भएका मोटर साइकल चालक भण्डारीलाई उपचारको लागि भरतपुर पठाइएको थियो ।

तर, चिकित्सकले उनलाई मृ’त घोषणा गरेको हो। ठ’क्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले नि’यन्त्रणमा लिएको छ। आज (आइतबार) साँझ ७ः३५ बजेको समयमा भण्डाराबाट टाँडीतर्फ गइरहेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्