दिल्लीमा विवाहमा ५० र मलामीमा २० जना मात्र सहभागी हुन पाइने

नयाँ दिल्ली, वैशाख २१ : दिल्लीमा वैवाहिक समारोहमा ५० र मृ’त्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गर्नुभएको छ। “को;रोना भाइ’रसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम सं’स्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ,” मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलन मार्फत बताउनु भयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेकोे बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो । यदि हामीले लकडाउनको पालना गर्दैनथ्यौँ भने भारतभर म’हा मारीले ड’रलाग्दो रूप लिन्थ्यो ।” उहाँले थप्नुभयो, “त्यसवेला राष्ट्र को’भिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र सङ्क्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।”

अर्थतन्त्रमा समस्या आएपनि सङ्क्रमणलाई नि’यन्त्रणमा राख्नका लागि भारतका लागि बन्दा बन्दी उत्तम उपाय देखिएको छ । उहाँले भन्नुभयो, “देशको राजस्व सङ्कलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ । सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ ।” उहाँले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्नेछ, उहाँले थप्नुभयो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा को;रोना भाइ’रस स’ङ्क्रमण रहेको छभने एकहजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन्। दिल्लीमा आइतबार सम्ममा ६४ सङ्क्र मितको मृ’त्यु भएको छ । त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा स’ङ्क्रमण पुष्टि भएको छ भने कूल ४० हजार २६३ जना स’ङ्क्रमित छन्। सङ्क्रमित मध्ये एक हजार ३२३ जनाको मृ’त्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्कि एका छन् ।

प्रतिक्रिया दिनुहोस्