आजको राशिफल : वि.सं.२०७७ साल वैशाख २२ गते । सोमबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल वैशाख २२ गते । सोमबार । ईश्वी सन् २०२० मे ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– द्वादशी,४७ घडी ०२ पला,रातको १२ बजेर १३ मिनेट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला ।

मेष : माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ। वा’दविवाद तथा मु’द्दा मा’मिलामा प्रतिस्पर्धहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखा इमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष : अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भने जस्तो उपलब्धि हासिल गर्न सकिने छ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले केही मात्रामा आर्थिक अवस्थामा सुधार भएर जाने छ । आफन्त तथा मन पर्ने मानिस बाट उपाहार तथा विलाशि बस्तु उपाहार प्राप्तीको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।

मिथुन : अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ। आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ। कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।

कर्कट : माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ। आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ। विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । तरपनि यात्रा भरसक स्थगित गर्नुहोला ।

सिंह : व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कुटुम्बसँग मिलेर गरिने काम गर्नुहोला । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिने छ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।

कन्या : अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तपाईको लुवाइ ख्वाइ देखेर सबैजना मोहित हुने छन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा आम्दानी नहुँदा आर्थिक अवस्था कमजोर हुनेछ ।

तुला : कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनु होला । पढाइ लेखाइमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । प्रेममा धोका हुनेछ भने जीवनसाथीसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

बृश्चिक : सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाज सेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिने छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

धनु : राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाइनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा मन्दि आउने तथा घाटा लाग्ने छ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्वन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

मकर : पढाइ लेखाइ विद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ। ध’र्म तथा अ’ध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठानतिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। बन्द व्यापारमा मन्दि आउनेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ ।

कुम्भ : स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन्। चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मविश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।

मीन : व्यापार व्यवसायमा समय दिन नपाइने हुँदा घाटा लाग्नेछ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घ’टपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्