दिवेशले मच्चाए तहल्का, ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा मा चयन

काठमाडौं : ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्।

उनले यी माध्यमबाट आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्। ‘हामी शीर्ष १० मा पुग्यौ। सुरू देखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद। म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु । यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्। धन्यवाद!!’, उनले आफ्नो ट्वीटमा भने। उनले आफू आउँदो दिनका लागि उत्साहित रहेको बताएका छन्।

उनले टप टेपमा छनोट भइसकेपछि टेक मी होम बोलको गीत गाएका थिए। आफ्नो प्रस्तुती सकिए लगत्तै खुसी भएका पोख्रेलले आफ्नो आधिकारिक ट्वी’टर ह्याण्डल मार्फत संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन्। जारी रहेको अमे रिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएको घोषणा जजहरुले गरेका थिए।

उनको विजयमा खुसी हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले एक फेसबुक स्ट्याटस लेख्दै दिवेशले नेपाली डायस्पोरालाई गर्व गर्ने बनाएको उल्लेख गरेका छन् । आफ्नो सो अघि दिवेशले मोमो बनाएको देखाएर आफ्नो कल्चरको बारेमा अमेरिकी टिभीमार्फत जानकारी दिएकोमा पनि पूर्वराजदूतले प्रशन्नता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्