नेपालगन्जका संक्रमित क्षेत्रमा सिल, केन्द्र र प्रदेशबाट बिज्ञ आउँदै

नेपालगञ्ज, बैशाख २२ गते । नेपालगञ्जमा एकै टोलका १५ जना सहित १६ जनामा को;रोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल, डिएसपी रोडको एउटा टोल ,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबार देखि खजुरा गाउँपालिका सिल गरिएको छ ।

नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल सं’क्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ । केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ ।

पहिलो सं’क्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको आज परीक्षण हुँदैछ । हिजो ५५ जनाको परीक्षणमा १५ को;रोना संक्रमित पहिचान भएको हो । हिजो पुष्टि भएका संक्रमित वडा नम्बर ८ का हुन । १६ जनाको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

नेपालगन्जमा एउटै समुदायका १५जनामा सं’क्रमण भएपछि प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन्। आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा डोरीको बार लगाएर प्रवेशमा रोक लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्