विश्वका यी इमान्दार देश जहाँ हराएको सामान सजिलै भेटिन्छ

बीबीसी । अधिकांश मानिसले पैसा, कार्ड, चाबी लगायत अति जरुरी सामान वालेटमा राखेका हुन्छन् भने सबैको दैनिकीमा फोनको महत्व पनि उत्तिकै हुन्छ । त्यसैले यस्ता सामान ह’राउनु नोक्सानका साथै धेरै झन्झट पूर्ण पनि हुन्छ । तर जापानको राजधानी टोकियोमा जतिसुकै मूल्यवान् वस्तु हराएपनि ९० प्रतिशत अवस्थामा फिर्ता पाइने सम्भावना हुन्छ ।

सांस्कृतिक मान्यता, जटिल धार्मिक प्रभाव र मैत्रीपूर्ण पुलिस अधिकारीहरुका कारण जापानमा महत्वपूर्ण सामान हराउनुलाई समेत ठूलो रुपमा लिइँदैन । १ करोड ४० लाख जनसङ्ख्या बसोबास गर्ने टोकियो शहरमा हरेक वर्ष लाखौँ सामानहरु हराउँछन् तर त्यतिनै भेटिन्छन् पनि । २०१८ मा टोकियो पुलिसले ५ लाख ४५ हजार भन्दा धेरै आइडीकार्ड फिर्ता गरेका थिए भने १ लाख तीसहजार मोबाइल फोन अनि २ लाख ४० हजार वालेट पनि फिर्ता गरिएको थियो ।

यसरी प्रायः अवस्थामा सामानहरु हराएकै दिन फिर्ता गरिएको हो । यसबारेमा एक प्रसिद्ध इन्स्च्युटका साइको लोजिस्ट काजुको बेहेर्नस भन्छन्, “मलाई स्यान फ्रान्सिस्कोमा बस्दाको एउटा समाचार याद छ । जब चाइना टाउनमा एक जनाको वालेट हराउँदा पुलिस मार्फत् अर्का एक व्यक्तिले फिर्ता गरेका थिए । त्यो घटना यति दुर्लभ थियो कि सो व्यक्तिलाई इमान्दार हिरोको नाम दिइ अन्तर्वार्तासमेत लिइएको थियो ।

तर जापानमा यस्ता घटना दिनहुँ भइरहन्छन् । हराएको सामान तत्कालै पुलिस कहाँ बुझाउनु यहाँको सामान्य रिति हो ।” यसरी जापानमा बरु भेटाएको सामान फिर्ता नगर्नु दुर्लभ मानिने गरेको उनी बताउँछन् । राजधानी टोकियोमा ‘कोबान’ नामक ससाना पुलिस स्टेसन प्रत्येक सय वर्ग किलोमिटरमा ९७ वटासम्म स्थापित गरिएका छन् जसको छबि दुनियाँका बाँकी सबै पुलिसको भन्दा धेरै फरक छ ।

लन्डनको कुरा गर्नुपर्दा त्यहाँ प्रत्येक १०० वर्ग किलो मिटरमा ११ वटा पुलिस स्टेसन मात्र छन् अर्थात् मद्दत आवश्यक परेमा पुलिस स्टेसन भेटिन धेरै गाह्रो पर्छ । यसरी कोबानमा तैनाथ सबै पुलिस अधिकारीहरु अत्यन्तै नम्र स्वभावका लागि प्रख्यात मानिन्छन् जसले दुर्व्यवहार गर्ने युवाहरुलाई गाली गर्नेदेखि बूढाबूढीलाई सडक पार गर्नलगायत सामान्य कुरामा पनि मद्दत गरिरहेका हुन्छन् ।

साथै उनीहरुले छिमेकका जेष्ठ नागरिकहरु आफ्नो गन्तव्यमा सही सलामत पुगेको निश्चित गर्न अर्को पुलिस स्टेसनसँग सम्पर्कमा रहने गर्छन। यस्तोमा जापानमा सबै बालबालिकाहरुलाई सानै उमेरदेखि जति सुकै मूल्यवान् वस्तु वा दश येनको सिक्का नै भएपनि भेटा एका सामग्री कोबान अधिकारीकहाँ बुझाउन सिकाइएको हुन्छ । यसमा सिक्का दाबी गर्न कोही नआएमा त्यो बालकलाई उपहार स्वरुप दिइनेछ भनेर सिकाइन्छ ।

यसअघि टोकियो र न्यूयोर्कबीच तुलना गर्दा अनुसन्धान कर्ताहरुको ८८ प्रतिशत फोन टोकियोमा फिर्ता गरिएको थियो भने न्युयोर्कमा चाहिँ ८ प्रतिशत मात्र फेरि प्राप्त गरिएको हो । त्यस्तै वालेट पनि टोकियोमा ८० प्रतिशत फिर्ता दिइयो जबकि न्युयोर्कमा केबल १० प्रतिशत मात्र भेटाउन सकिएको हो । अर्कोतर्फ टोकियोमै हराएको छाता चाहिँ अत्यन्तै कम भेटिने गरेको छ ।

कसैले दाबी नगरेमा पुलिसले पानीमा फसेका मानिसहरुलाई दिने गरेका छन् जसको मूल्य ५०० येनसम्म पर्छ । इमानदारीता र जापानबीच वास्तवमा धेरै पुरानो इतिहास रहेको बताइएको छ । जस्तै १०–२० वर्ष अगाडि सम्म कुनै पनि डाक्टरले गम्भीर रोग लागेको पत्ता लागेमा त्यसबारेमा बिरामीलाई केही नभन्ने गरेका थिए र परिवारलाई मात्र खबर गरिन्थ्यो ।

बिरामीले आफ्नो रोगबारे थाहा पाएमा उनीहरुको जीउन कम प्रेरित हुन्छन् भन्ने मान्यता व्याप्त रहेकाले नै जापानमा यस्तो संस्कृति रहँदै आएको थियो तर पछिल्ला केही वर्षहरुमा यो रिति बदलिँदै गएको पाइएको छ । त्यस्तै अर्को उदाहरण भनेको २०११ को महा सुनामीमा धेरै मानिसहरु घरबार विहीन भएका थिए जोसँग पिउने पानी समेत थिएन । तर त्यो अवस्थामा पनि मानिसहरुले आफूलाई भन्दा अरुलाई प्राथमिकता दिइरहेको पाइएको थियो ।

यसलाई धार्मिक मान्यतासँग पनि जोडिएको छ । त्यसबेला प्रभावित क्षेत्रमा लुटपाट र चोरीका घटना विश्वका अन्य दुर्घटनास्थल भन्दा उल्लेखनीय रुपमा कम रहेको समाचार पनि चर्चामा आएको थियो। जापानमा चोरी र लुटपाट क्यारेक्टर भन्दा बाहिरको कुरा भएको तमुरा बताउँछन् । उनका अनुसार जापानमा सबैमा समाजको आँखाको डर हुन्छ । त्यसकारण पनि कोही न कोहीले थाहा पाउने वा कसैले त हेरिरहेको छ भन्ने मानसिकताले पनि मानिसहरु अपराध गर्नबाट पछि हट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्