बाबुरामलाई कारबाहीको माग सहित महेश बस्नेत र सर्वेन्द्र खनालले पनि गरे उजुरी

काठमाडौं: समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अप’ह’रण आ’रोप लागेका सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। उनीहरुले उक्त घटना राजनीतिक भएको तर आ’पराधसँग जोडेर उल्टै मानव अधिकारको हनन गरिएको बताएका छन्।

सांसद बस्नेतले सोमबार आयोग कार्यालय पुगेर उ’जुरी दर्ता गराएको जानकारी दिए। उनले भने ‘राजनीतिक विषयलाई अ’परा’धसँग जोडेर हामीलाई सिध्याउने खेल भयो। हाम्रो चरित्र ह’त्यागर्न थालियो। यसले हाम्रो मानव अधिकार ह’नन भएको छ।’ आफूहरुले डा यादवलाई अ’पहर’ण गरेर नभई सहमतिमा काठमाडौं ल्याएको बताउँदै घट’ना विवरण आयोगमा बुझाएका छन्।

सोमबार मानवअधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्। उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई साइबर क्राइमअन्तर्गत कारबाही गर्न समेत माग गरिएको उनले बताए।

‘हामीलाई अपहरकारी जस्तै बनाएर प्रचार गरिएको छ। यसले हाम्रो व्यक्तिगत,परिवारिक, सामाजिक र राजनीतिक जीवनलाई असर पारेको छ’ बस्नेतले भने,’समाजमा फैलाउन खोजिएको भ्र’मबारे समेत छानबिन गर्न हामीले भनेका छौं।’ समाजवादी पार्टी फुटा उने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्