भारतीयले फोनमा आफन्तलाई भने- आराम छौं, सन्तुष्ट छौं

विराटनगर, वैशाख २२ गते। को;रोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १२ जना भारतीय नागरिकले आफन्तलाई आफुहरुको उपचारमा कुनै कमी नभएको सन्देश दिइएका छन्। नेपालमै छँदा को;रोना संक्रमण देखिएपछि कोशी अस्पताल विराटनगर अन्तर्गत को\भिड–१९ उपचार केन्द्रमा उपचारतः उनीहरुले फोनमार्फत आफन्तसँग कुराकानी गर्दै खुशीको सेन्देश सुनाएका हुन् ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राका अनुसार उनीहरुलाई अस्पतालले नै फोन गर्ने सुविधा उपलब्ध गराएको थियो । आइतबार (हिजो) भारतमा रहेका आफन्तसँग कुरा कानी गर्दै उहाँहरुले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउनु भयो, मेसु मिश्राले भन्नुभयो–हाम्रो उपचार बारे सन्तुष्ट रहेको सन्देश दिनुभएको छ ।

अस्पतालमा भर्ना भएका नेपाली नागरिकमध्ये धेरैसँग फोन रहेको छ। तर, इस्लाम तबलिकी जमात समुहमा रहेका भारतीय नागरिकसँग फोन गर्ने सुविधा नभएको मेसु मिश्राको भनाई छ। हामीसँग उहाँहरुले फोनमा कुरा गर्ने ईच्छा जनाउनु भयो, मेसु मिश्राले भन्नु भयो– तत्कालै उहाँहरुलाई आफन्तसँग कुरा गर्ने वातावरण बनाएपछि मज्जाले कुरा गर्नु भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्