अडान लिइरहेकी शिवमायालाई राजीनामा गराउन बालुवाटारमा यसरी बन्यो योजना

काठमाडौं : ‘मेरो के गल्ती छ? एक जनाको दोषको म किन भागीदार बन्ने? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई स’जाय हुने? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस् ।’ उपसभामुख डा. शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत्वलाई यही प्रश्न गरिरहेकी थिइन्। यस अवधिमा उनले सभामुख पदमा आफैं उम्मेदवार बन्न कोसिस पनि गरिन्।

नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनको दौडधुप काम लागेन। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान सापकोटाका विषयमा सहमतिमा पुगेका थिए । उनी अन्ति मसम्म पनि प्रतिनिधि सभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्।

आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिनेसर्त तेर्स्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन् । ४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो।

तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्। त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधि सभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहर प्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्।

उनले राजीनामा अघि सोमबार बिहान ११ बजे प्रधान मन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास बालुवा टारमा भेट गरेकी थिइन् । त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा छलफल गरेकी उनी निकट स्रोतले बताएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्