नेपालगञ्जमा भोलि देखि कर्फ्यू

नेपालगन्ज : नेपालगन्जमा को;रोना भाइरस संक्र’मितको संख्या ह्वात्तै बढेको देखिएपछि तीन दिनका लागि कर्फ्यू जारी गरिएको छ । मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यू जारी गरिएको हो। नेपाल गन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका थिए । संक्रमणलाई रोक्न सरकारले यहाँ परीक्षणलाई पनि तीव्र बनाउने जनाएको छ ।

सोमबार जिल्ला सुरक्षा समिति र सरोकारवालाहरुको बैठकपछि निषेधाज्ञा जारी गरिएको हो । नेपालगन्जमा यसअघि तरकारी मण्डी लगायत पसलहरु फाट्टफुट्ट खुल्ने गरेका थिए । सोमबार भने स्थानीय सरकारले स्थानीयलाई निषेधाज्ञा पालना गर्न अपील गर्दै लिखित सूचना पनि जारी गरिसकेको छ । दुई दिनमा मानिसमा को;रोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

नेपालगन्जमा आइतबार आठ पुरुष र सात महिलामा को;रोना संक्रमण देखिएको हो । यससँगै नेपालमा पनि समुदाय स्तरमा को;रोना संक्र’मण विस्तार भएको विज्ञहरुले बताउन थालेका छन् । यस अघि विदेशबाट आएकाहरुमा मात्रै सं’क्रमण देखिएकाले समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्