सीमामा सशस्त्र प्रहरीको पाँच गुणा बीओपी थप्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, २२ बैशाख । भारतसँगको सीमा सरकारले स्थायी रुपमै प्रहरी थप्ने तयारी थालेको छ । गृहमन्त्रालयले सिमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय र्पुयाउने तयारी थालेको हो । गृहमन्त्री राम बहादुर थापा’बादल’ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो ।

हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेको छ । नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।

बिओपीथप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो। बादलले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन् । दृष्टि न्युजबाट

प्रतिक्रिया दिनुहोस्