पिएचडी गरेका वडाध्यक्ष हरिराम सुवाल

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा उठ्ने गरेको पाइन्छ । भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर विद्यावारिधि गर्ने नेपालकै पहिलो वडा ध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उतिर्ण गरेका छन् । वडाध्यक्ष डा.सुवालले केही दिनअघि त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । भक्तपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिराम सुवाललाई अचेल बेग्लै खुसी छ। नयाँ-नयाँ नम्बरबाट फोन आउँछ। को;रोना भाइरस संक्रमणले देश नै आक्रान्त छ। दैनिक ज्यालामजदूरी गर्नेहरू हातमुख जोर्न सकेका छैनन्।

राहत माग्दै अध्यक्षलाई आउने फोनको कुरा हामी गरिरहेका छैनौं। सुवाललाई त बधाई दिनेहरूको फोन आइरहेका छन्। किनभने उनले विद्यावारिधि गरेका छन्। त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबाट सुवालले हालै पिएचडि पूरा गरे । नामका अगाडि डाक्टर लेख्न सुरू गरेका अध्यक्षलाई बधाई दिनेका फोन आउने नै भए। ‘भाइभा सकेर मैले सर्टिफिकेट नै लिइसकें,’ अध्यक्ष सुवालले भने, ‘नामको अगाडि डाक्टर लेखिसकें।’

प्रतिक्रिया दिनुहोस्