थप ७ जनामा को’रोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

२३ वैशाख, काठमाडौं। नेपालमा थप सात जना को;रोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन्। यससँगै नेपालमा को;रोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्ष का पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपा इने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरी वैशाख २५ गते मध्यरातसम्म यो निर्णय लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्