लकडाउनमा कडाइ: पास समेत आउने-जाने दुवै ठाउँबाट स्वीकृत गराउनु पर्ने

काठमाडौं : गृहमन्त्रालयले सवारी पासमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।अब उप्रान्त आफ्नो जिल्लाभन्दा बाहिर जाने पास दिनुपरे जान लागेको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको समेत सहमति लिएरमात्रै दिनुपर्ने सोमबार सबै जिप्रकामा परिपत्र गरेको छ।

पछिल्लो समय सवारी पासको दुरुपयोग भएको गुनासो बढेको थियो। गृह मन्त्रालयले ७७ वटै जिल्लामा सूचना जारी गर्दै कडाइ गर्न निर्देशन दिएको छ। अब एउटा जिल्लाबाट जारी भएको पास लिएर अर्को जिल्लामा जान पाइने छैन। अत्यावश्यक कामले जानै पर्ने भएको खण्डमा सम्वन्धित जिल्ला प्रशासनले जान लागेको अर्को जिल्ला प्रशासनसँग समन्वय गरेर मात्र पास जारी गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

पछिल्लो समय को;रोना संक्रमण बढ्दै गएको र पासको दुरुपयोग गरेर एक जिल्लाबाट अर्को जिल्लामा जाने मानिसको सङख्या बढेकाले गृह मन्त्रालयले पास वितरण र अनुगमनमा कडाइ गर्न निर्देशन दिएको हो। त्यस्तै काठमाडौं छिर्ने नाकामा पनि कडाइ गरिए को छ।

प्रतिक्रिया दिनुहोस्