विदेशमा रहेका नेपाली ल्याउने तयारी !

काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र को;रोना भाइरसका कारण अलपत्र परेका नेपाली लाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरि रहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकता का आधारमा स्वदेश ल्याइने बताउनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नु भयो, ‘‘जहाँ सुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नु पर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ । ’’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्