को’रोनाले साउदीमा कटुवालको मृ’त्यु : भेन्टिलेटरबाटै गरेका थिए ७ दिनअघि अन्तिम भिडियो कल

इटहरी : को;रोना (को’भिड १९) भाइरसको संक्र’मणबाट इटहरीका लिलामान (काजी) कटुवालको मृ’त्यु भएको छ । एक बर्ष अगाडी बैदेशिक रोजगारको लागि साउदी गएका इटहरी ५ का ५१ बर्षीय कटुवालको को;रोना संक्र’मणबाट मृ’त्यु भएको हो । ५१ वर्षका कटुवाल एक वर्षअघि छोराको ब्रतबन्धमा नेपाल आएर फर्केका थिए।

साउदीमा रहँदा को;रोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए। १६ दिनअघि संक्र’मित भएको थाहा दिएका उनले ७ दिन अघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए । त्यो भिडियो पछि परिवारसँगको स’म्पर्क टुटेको परिवारले जानकारी दिएको छ। पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृ’त्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।

मृतक कटुवालको श;व नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबार देखि सुरु गरिएको । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्। मृ’तकका परिवारले स्थानीय,प्रदेश र संघिय सरकार सँग सहयोगको माग गरेका छन ।छोरी अन्जुले बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्