एजेन्सी : सोमबार बेलुका दिल्ली सरकारले र’क्सीमा ७० प्रतिशतको को;रोना विशेष शुल्क लागू गरेको छ । सोमबार देशव्यापी लक डाउनमा केही राहत दिइए पछि दिल्ली सरकारले र’क्सीको पसल खोल्ने निर्णय लिएको थियो । त्यसपछि बेलुका नै को;रोना शुल्क लगाउने निर्णय गरिएको हो ।
स्रोतलाई उद्धृत गर्दै पिटिआईले नयाँ मूल्य रक्सीको बोतलमा छापिएको एमआरपीमा लगाइने बताइएको छ जुन मंगलबार देखि लागू हुनेछ । को;रोना भा’इरसका कारण लगाइएको लक डाउनमा सरकारको निकै पैसा खर्च भइरहेको र यो कदमले सरकाले राजस्व पाउने अनुमान गरिएको छ । भारतमा सोमबार देखि र’क्सी पसलहरू खुल्न थालेका छन्। झन्डै ४० दिनपछि र’क्सी पसल खुलेपछि किन्नेहरूको भीड लागेको थियो।
को;रोना शुल्क लगाएपछि दिल्लीमा मदिरा सेवन निरू’त्साहित हुने दिल्ली सरकारको आशा छ। भारतमा को;रोना भाइ’रसको सं’क्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लक डाउन गरिएको थियो। सोमबार देखि त्यहाँ तेस्रो पटक थपिएको लकडाउन जारी छ। स्रोतः बीबीसी
प्रतिक्रिया दिनुहोस्