एसईई परीक्षा नलिइकनै प्रमाणपत्र दिन प्रस्ताव

काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले को;रोना भाइरसको रोकथामका लागि जारी लकडाउनका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यां कनलाई आधारमा मान्न आग्रह गरेको छ।

सरकारले परीक्षा सञ्चालनको वैकल्पिक उपायबारे विमर्श गरिरहेका बेला प्याब्सनले विसं. २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्यांकन लाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि सरकारसँग ब्याब्सनले अनुरोध गरेको छ। प्याब्सनले विश्वका विभिन्न विश्वविद्यालय तथा विद्यालय परीक्षा बोर्डहरुले आन्तरिक रुपमा लिएको परी क्षालाई नै आधार मानेर विद्यार्थीहरुलाई उत्तीर्ण गराइसकेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्