पिठोभित्र १५ हजार राखेर गरिबलाई बाँडेको विषयमा बोले आमिर खान

काठमाडौं। को;रोना भाइ’रसको प्रकोपका बीच गरिबी र अभावमा बाँच्न बाध्य भएकाहरुको लागि व्यवसायी र सेलिब्रेटीहरुले सहयोग अभियान चलाइरहेका छन् । धेरैले यसरी सहयोग गरेका छन् तर केही ग’लत समाचारहरु पनि फैलाइएका छन् । केही दिनअघि बलिउड सुपरस्टार आमिर खानको बारेमा यस्तै हल्ला फैलियो ।

आमिर खानले गहुँको पिठोभित्र १५ हजार रुपैयाँ राखेर बाँडेको र लकडाउनको क्रममा सं’कटमा परेका व्यक्तिहरुलाई सहयोग गरेको हल्ला फैलाइएको थियो । यद्यपि यो हल्ला झुटो भएको प्रस्ट भएको छ। आमिर स्वयंले यो कुराको खण्डन गरेका छन् । आमिर ले आफ्नो ट्वीटरमा लेखेका छन् ‘साथीहरु आटाको प्याकेटमा नोट लुकाएर बाँड्ने व्यक्ति म होइन। या त त्योपूर्ण रुपमा फेक समाचार हो यात्यो व्यक्ति कुनै रबिनहुड हो जो आफ्नो बारेमा केही बताउन चाहँदैनन्। सुरक्षित रहनु। तपाइँहरुलाई धेरै माया। आमिर।’

केही दिन पहिले अनिल कुमार खालिंग नामको फेसबुक प्रयोगकर्ताले एक पोस्ट शेयर गर्दै लेखेका थिए कि आमिर खानले १किलो आटाको प्याकेटभित्र १५ हजार रुपैयाँ दिए । जसले प्याकेट लिए उनीहरुले प्याकेट खोलेपछि यो सरप्राइज पाए। सामाजिक संजालमा ठूलो संख्यामा यो पोस्ट शेयर गरिएको छ । ट्वीटरमा एउटा टिकटक भिडियो पनि भाइरल भयो जसमा भनिएको थियो कि केही व्यक्तिहरुले प्याकेट लिन अस्वीकार गरेका थिए तर जसले लिए उनीहरुले १५ हजार रुपैयाँ नगद पाए ।

प्रतिक्रिया दिनुहोस्