रुपन्देहीका को’रोना संक्रमित अस्पताल भित्रै नाचगानमा मस्त (भिडीयो सहित)

काठमाडौं : गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा को;रोना भाइरसको संक्रमण पुष्टि भयो। वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आइसोलेसन अस्पतालमा ल्याइयो।

सुनसान र एकान्त स्थानमा रहेको बुटवल धागो कारखानामा बनाइएको ५० बेडको अस्पतालमा एक जनामात्र संक्रमित कसरी बसेका होलान् र उनको उपचार तथा रेखदेख कसरी भइरहेको होला? आइसोलेसन अस्पताल तयार भएलगत्तै रुपन्देहीको सैनामैनाका बाबु राम थापा क्षेत्रीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएपछि कोरोना अस्पताल र स्वास्थ्यकर्मीहरूका बारेमा विभिन्न टीकाटिप्पणी बाहिर आएका थिए।

यस पटक पनि कोटहीमाईका ती युवा आइसोलेसन अस्पतालबाटै भागेको भन्ने सामाजिक सञ्जालमा हल्ला चलाइ रहँदा उनी अस्पतालभित्रै गीत बजाएर नाचेर दिन बिताउने गरेको भिडिओ सार्वजनिक भएको छ । शुक्रबार साँझ आइसो लेसन अस्पतालमा ल्याइँदा नै सामान्य अवस्थामा रहेका उनी दिनभरि एक्लै अस्पतालभित्र बस्दा न्यास्रो लाग्न थालेपछि अस्पताल प्रशासनको सहयोगमा गीत बजाएर नाच्दै दिन कटाउने गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले एक्लै अस्पतालभित्र बसिरहँदा न्यास्रो लाग्न थालेपछि फ्रेस हुन गीत बजाएर नाच्ने भनेपछि स्पिकर बजाएर गीत लगाइदिने गरेको बताए। ‘ठूलो अस्पतालभित्र एक्लै बस्न थालेको पाँच दिन भयो, दिनरात एक्लै बस्नुपर्दा न्यास्रो लाग्नु स्वभाविक हो, गीत बजाएर नाच्न र फ्रेस हुन खोजेपछि हामीले सहयोग गरेका हौं’, उनले । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्