भारतमा लकडाउन बढेसँगै नेपाल फर्कनेको लर्को, चो’र नाकाबाट छिरेका १ सय ५५ जना निय’न्त्रणमा

कपिलवस्तु, २३ बैशाख । कोरो;ना भाइरसका कारण सीमा नाका बन्द गरिएको बेला जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई नियन्त्रणमा लिइएको छ । सोमबार राति देखि मंगलबार साँझसम्म चोर नाका हुदै नेपाल छिरिरहेका बेला उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरु दशगजा क्षेत्रमा अलपत्र अवस्थामा छन ।

भारतले सोमबारदेखि लकडाउन दुई साता बढाएपछि नेपाल प्रवेश गर्नेको ओइरो नै लागेको हो । नियन्त्रणमा लिइएकाहरु कपिलवस्तु र छिमेकी जिल्लाका हुन् । सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले अबैध तवरबाट नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाँच स्थानमा रहेको दशगजामा राखिएको जानकारी दिनुभयो । नाकाबाट अबैध प्रबेश रोक्न सीमामा एक हजार चार सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

मंगलवार साँझ ४ बजे सम्म मयौदपुरमा ५६ चाकरचौडामा ४७ हदौनानमा १२, भिल्मीमा १४, कृष्णनगरमा २६ जना नियन्त्रणमा लिइएको पुरीले बताउनु भयो । ‘चो’र नाकाबाट नेपाल प्रबेश गर्न खाज्नेलाई धमाधम नियन्त्रणमा लिई पाँच स्थानमा राखेका हौ’ उहाँले भन्नुभयो । पुरी अनुसार नियन्त्रणमा लिने संख्या अझै बढदै जाने छन । न्युज २४ नेपलमा खबर छ ।

भारतमा गाडीहरु चल्न दिइए पछि रोजागरीका लागि भारतका बिभिन्न स्थानमा रहेको नेपालीहरु फर्कनेहरु बढेका छन । लकडाउनले भारतका बिभिन्न स्थानमा रोकिएकाहरु अहिले धमाधम फर्कन थालेका हुन। फर्कनेहरु बढे्संगै जिल्लामा को;रानाको जोखिम समेत बढेका छन । यस्तै नियन्त्रणमा लिइएकाहरुको ब्यवस्थापनमा समेत गाह्रो परेका छ । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्