उपत्यकाका मेयरहरूले भने- काठमाडौं सिल जस्तै गर्नुपर्छ, बाहिरबाट मान्छे आउन नदिऔं

काठमाडौं : काठमाडौं, भक्तपुर र ललितपुरका मेयरहरूले उपत्यकाभित्र को;रोना भा’इरस संक्रमणको जोखिम भएकोले बाहिरबाट मानिसहरू आउन बन्द गर्नु पर्ने माग गरेका छन्। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भक्तपुरको मध्यपुर थिमी नगर पालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपप्रधानमन्त्री समेत रहेका को’भिड-१९ नियन्त्रण एवं रोकथाम उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेलाई भेटेर लकडाउन खुकुलो बनाउन नहुने बताएका हुन्।

सांसदद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठलाई लिएर उपत्यका नगरपालिका फोरमका पदाधिकारी (मेयरहरू) ले सोमबार उपप्रधान मन्त्री पोखरेललाई भेटेर लकडाउन कडा बनाउन माग गरेका हुन्। ‘वैशाख २५ गतेदेखि लक डाउन सकिँदैछ। थप गर्नेबारे अहिले सम्म निर्णय भएको छैन। खुकुलो बनाउनुपर्छ भन्ने आवाज सुनिएपछि हामीले उपप्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौं,’ मध्यपुर थिमीका मेयर श्रेष्ठले सेतोपाटीसँग भने, ‘सुरक्षा निकाय लचिलो हुँदा लकडाउनको मर्म अनुसार पालना भएन।’ उपत्यका कोरो ना संक्रमणबारे अहिलेसम्म ‘ग्रीन जोन’ मा परे पनि जो’खिम नघटेको भन्दै मेयरहरूले बाहिरबाट आउने मानिसहरूलाई प्रवेश गर्न दिन नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्