बैशाख २५ गते दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं : सरकारले बैशाख २५ गते स्वास्थ्य कर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको को;रोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले साँझ ७ बजे दीप प्र’ज्वलन गर्न आह्वान गरेको हो ।

२५ गते वुद्धजयन्ती पनि परेको र कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्य कर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर को;रोना भाइरसको म’हामारीका कारण स्थगित भएको छ । वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र को;रोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले वैशाख २५ गते सम्मको लकडाउन बढाउने निर्णय गरेको छ । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण नफैलिएको भन्दै पुनः लकडाउन बढाउने निष्कर्ष निकालेको हो । नेपालमा हालसम्म ८२ जना को;रोना संक्रमित फेला परेका छन् । भने १६ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्