नेपालगञ्जमा अत्याधुनिक डिजिटल शौचालय, अब सङ्गीत सुन्दै शौच गर्न पाइने

काशीराम शर्मा,बाँके, ७ माघ । तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगर पालिकाले नेपालकै पहिलो अत्या धुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । सो शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङ युक्त छ ।

शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ। डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको छ। अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीनपुरुष र एक फरक क्षमता (अपा ङ्गता) भएका व्यक्तिले शौच गर्न सक्नेछन् । पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन ।

शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालित रूपमा सङ्गीत बज्छ । जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन् । शौच गरिसकेपछि शौचालय भित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ । शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ ।

जहाँ हात धुन सकिन्छ । नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ । जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाउने व्यवस्था छ । एकै पटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि सहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगर पालिकाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनु मात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा जोड दिनु भएको छ । उहाँले शौचालयलाई सफा राख्नु आफैँमा चुनौती पूर्ण कार्य भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । नेपालगञ्ज उपमहानगर पालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीका अनुसार एसएनभी नेदर ल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचा लय निर्माण गरिएको हो ।

नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगर पालिकालाई हस्तान्तरण गरिसकेको छ । योसँगै नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगे का छन् । त्यसमा पछिल्लोपटक बनेका शौचालय अत्याधुनिक छन् । बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाब लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन् ।

शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आँफै सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइनसकेको वातावरण इञ्जिनीयर डिसीले बताउनुभयो । यसअघि उपमहानगरपालिकाले तीन घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। (रासस )

प्रतिक्रिया दिनुहोस्