भारतबाट लुकिछिपि आउने क्रम अझै रोकिएन

बिकास अधिकारी, नवलपरासी: पश्चिम नलपरासीमा भारतबाट लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको छ। सिमामा शसस्त्र प्रहरीलाई अस्थाई पोष्ट नै स्थापना गरेर परिचालन गरे पनि खुल्ला सिमानाका कारण लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको सङख्या बढ्दै गएको हो । पछिल्ला केहिदिन यता भारतबाट लुकिछिपि आएको थाहा भएका र प्रहरीले सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएकाहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

जसका कारण क्वारेन्टिनमा रहनेहरुको सङख्या पनि दैनिक रुपमा बढिरहेको छ । आज जिल्लाका सात ओटै पालिकामा रहेका क्वारेन्टिनमा ३६ जना महिला र १ सय ६ जना पुरुष गरी १ सय ४२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार यो सङख्या १ सय २९ थियो । एक हप्ता अगाडी जिल्लामा क्वारेन्टिनमा रहनेहरुको सङख्या ९४ मात्रै थियो, त्यसपछि निरन्तर यो सङख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नलपरासीका प्रमुख गौरब ढकालले बताए ।

बर्दघाटमा रहेका क्वारेन्टिनमा रहेकाहरुलाई घर पठाईएपछि पनि सङख्या घट्नुपर्नेमा वृद्धि भएको छ । यसले जिल्लामा को;रोना सं’क्रमणको खतरा बढाएकाले सबै सचेत हुनुपर्नेमा सरोकार वालाले जोड दिएका छन् । हाल रामग्राम नगरपालिकाको आर्दश माविमा रहेको क्वारेन्टिनमा सबै भन्दा बढी ३५ जना छन् भने सुस्ता गाउँपालिकाको दुई ओटा क्वारेन्टिनमा गरी २५ जना छन् ।

सुस्ताको एउटा क्वारेन्टिन भने खाली छ । यस्तै प्रतापपुरमा २६ जना छन् भने सरावलमा रहेका दुई ओटा क्वारेन्टिनमा गरी २३ जना रहेका छन् । यसैगरी सुनवलमा १९ र पाल्हीनन्दनमा १४ जनालाई क्वा’रेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । मंगल बार बेलाटारीमा र परासीमा रहेको क्वारेन्टिनबाट १२ जनालाई घर फिर्ता पठाईएको छ ।

यसरी भारतबाट लुकि छिपि नेपाल आउने र क्वारेन्टिनमा नपुग्दै कसैको सम्र्पकमा आए संक्रमणको थप जोखिम भएको छ । कतिपयले घर आएका हरुलाई घरमै लुकाउदा पनि समस्या भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जो सुकै भए पनि संक्रमणबाट बच्नका लागि बाहिरबाट आएकाहरुलाई तुरुन्तै नजिकको क्वारेन्टिनमा पु¥याउन वा सम्बन्धित निकायमा सम्र्पक गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्