भारतका एसएसबी र गाउँलेको कु’टपिटबाट १२ नेपाली घा’इते

वीरगन्ज : बारा स्थित नेपाल भारतको सीमा नाका दशगजामा मङ्गलबार बिहान भारतका सुरक्षाकर्मी, गाउँले र नेपालीबीच झ’डप भएको छ । बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरसँग सीमा जोडिएको नेपाल भारत सीमाक्षेत्रको दश गजामा भएको झडपमा १२ जना नेपाली घा’इते भएका छन् ।

वडा अध्यक्ष मदन यादवका अनुसार झ’डपमा भारतीय एस एसबी र भारतीयको कु’टपि’टबाट १२ जना घा’इते भएका हुन् । उनीहरुमध्ये २ जनालाई ग’म्भीर चो’ट लागेको र अरु भने सामान्य घा’इते भएको वडा अध्यक्ष यादवले जानकारी दिए । बलिरामपुरका छोटेलाल साहले दगशजा छेउमै रहेको आफ्नो खेतमा मङगलबार बिहान काम गरिरहेका बेला पारीबाट आएका एसएसबीले उनलाई कु’टेका थिए ।

गाउँका नेपाली किसान कु’टिएपछि प्रतिवादका लागि दशगजा क्षेत्रमा गएका बलिरामपुरका स्थानीयको समुह माथि भारतीय एसएसबीले अ’न्धाधुन्द ला’ठी चा’र्ज गरेका थिए । त्यसक्रममा सीमावर्ती भारतीय गाउँ सहदेवाका भारतीयले पनि नेपाली माथि ढु’ङ्गा मु’ढा गरेको वडा अध्यक्ष यादवले बताए । प्रतिकारमा यताबाट पनि नेपालीले ढु’ङगा मु’ढा गरेको यादवले जानकारी दिए । अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्