सरकारकाे निष्कर्ष : लकडाउन खुकुलो पार्ने अवस्था छैन

काठमाडौं : सरकारले कोरो;ना भा’इरसको रोकथामका लागि झण्डै डेढ महिना देखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । को;रोना जो’खिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साता भन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् ।

को;रोना रोकथाम सम्बन्धी उच्च स्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ। अहिले कै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओली स्वयंले लकडाउन खुकुलो पार्ने अवस्था नरहेको बताएका थिए ।

संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयबाट पेस भएको छ । ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलि रहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्