उपचारपछि निको भएका ३ जनामा फेरि को’रोना सङ्क्रमण : मन्त्रालय

काठमाडौं । काठमाडौमा को;रोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुन: संक्रमण भएको पाइएको छ। काठमाडौंको गोठाटार स्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा को;रोना संक्रमण भई पाटन अस्पतालबाट डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता पछि परीक्षण गर्दा पुनः संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो ।

उहाँले वीरगञ्जमा पुन सं’क्रमण देखिएका दुई जनलाइ आइसोलेशनमा राखिएको बताउनु भयो । वैशाख २ गते पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा को’भिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको थियाे ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि स’ङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे खबर आएको जानकारी दिनुभयो । काठमाण्डाैकाे सनसिटी अपार्टमेन्टमा यस अघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको र उहाँको पाटन अस्पतालमा उपचार भइरहेको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्