लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २४ वैशाख । मुलुकमा को;रोना भा’इरस संक्रमणका घटना बढ्दै गएपछि सरकारले हाल कायम लक डाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेकाे हाे । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक ११ दिन थप गरेकाे हाे ।

यसअघि घोषित लकडाउन २५ वैशाख भाेलि सकिँदै थियाे । यसअघि वैशाख १४ गते बसेकाे मन्त्रिपरिषद बैठकले पाचौँपटक १० दिन थपेर लकडाउन २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियाे । त्याेभन्दा अघि वैशाख २ गतेको मन्त्रिपरिषद बैठकद्वारा चौथोपटक वैशाख १५ गतेसम्मका लागि लकडाउन कायम राख्ने निर्णय गरेकाे थियाे । नेपालमा गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू भएकाे थियाे ।

मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लाे समय नेपालगन्जमा समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेकाे देखिन्छ । नत्र वैशाख २५ पछि लकडाउन खुकुलाे पार्नेबारे पनि छलफल भइरहेकाे थियाे ।

यसअघि मंगलबार को;रोना रोकथाम सम्बन्धी उच्च स्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियाे । लक डाउनकाे स्वरूप फेर्नेबारे प्रधानमन्त्री र मन्त्रीहरू बीच छल फल भएकाे थियाे ।

कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ। हालसम्म काेराेना भाइरसकाे प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन, जसकारण यसकाे संक्रमणबाट जाेगिने उपाय नै विश्वभरि अपनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्